Government of Nepal Logo
Government of Nepal Logo
ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी शाखा कोठा नं. १

शुल्क

जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,  हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)

राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-

राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।-



लाग्ने समय

राहदानीको हकमाः-  राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि ।

नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।

कागजातहरु

१)  फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति ।
२)  नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति ।
३)  नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित   ।
४) १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने ।
५) महिलाको हकमा  संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति ।
६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने ।  
७)   दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने ।
८) नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।
 

 

नाबालक परिचय पत्रको हकमाः

१) संरक्षक व्यतिmको निवेदन र नाता प्रमाणितको प्रतिलिपी ।
२) बाबुआमाको ना.प्र.प. र नाता  प्रमाणितको फोटोकपी
३) गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
४) जन्म मिति खुल्ने प्रमाण पत्र ।
५) आवश्यक परेमा वसाई सराई, आदि ।
६) विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
७) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।
८) धर्मपुत्र/धर्मपुत्री द्धारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.



प्रक्रियाहरु

कोठा नं. १ बाट कार्य सम्पन्न हुने । नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2082-12-04 12:50:28

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया .