| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिकता तथा प्रतिलिपी शाखा कोठा नं. 1 |
|||||||||||
|
(क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः- १)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम । २) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति । ३) हालसालै खिचिएकोे फोटो ४ प्रति । ४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता । ५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति । ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने । ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र । १०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । (ख) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र महिलाका लागिः- १) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम २) विवाह दर्ता प्रमाण र सपथ पत्र ३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद । ४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र । ५) हालसालै खिचिएकोे फोटो ४ प्रति । ६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । (ग) ना.प्र.प.को प्रतिलिपीः- १) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने) २) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति । ३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, ४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख ५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने । ६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने । ७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने । ८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । |
कोठा नं. १ बाट कार्य सम्पन्न हुने । प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ । |
||||||||||
| 2 |
राहदानी शाखा कोठा नं. १ |
|||||||||||
|
१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति । २) नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति । ३) नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित । ४) १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने । ५) महिलाको हकमा संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति । ६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने । ७) दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने । ८) नेपालबाट MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने । नाबालक परिचय पत्रको हकमाः १) संरक्षक व्यतिmको निवेदन र नाता प्रमाणितको प्रतिलिपी । २) बाबुआमाको ना.प्र.प. र नाता प्रमाणितको फोटोकपी ३) गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) । ४) जन्म मिति खुल्ने प्रमाण पत्र । ५) आवश्यक परेमा वसाई सराई, आदि । ६) विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र । ७) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । ८) धर्मपुत्र/धर्मपुत्री द्धारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प. |
कोठा नं. १ बाट कार्य सम्पन्न हुने । नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ । |
||||||||||
| 3 |
आर्थिक तथा प्रशासन शाखा |
|||||||||||
|
(ख) विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहतः १) विवरण खुलेको सम्वन्धित पिडीत व्यतिmको निवेदन २) संवन्धित गा.पा./न.पा.को सिफारिश ३) प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र ४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति ५) मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित । (ग) राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)ः- १) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने (घ) तेश्रो पक्ष विमाः- १) हकदारको निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति ३) मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज ५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश ङ) जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जाः- १) निवेदन २) मुआव्जा दिने भनि गरेको निर्णय र सम्बन्धीत निकायबाट रकम प्राप्त भए पछि ३) जग्गाधनी प्रमाणपत्रको छायाप्रती ४) नागरिकताको छायाप्रति |
कोठा नं. ४ बाट सेवा प्रवाह हुने । लेखिए अनुसारका सबै सक्कल कागजातहरु देखाउनु पर्ने । |
||||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया .